आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के विवाहको तयारी गर्दैछन् हरिहर र नीता  ?

आइतबार, ०६ चैत २०७८, १२ : ४५
आइतबार, ०६ चैत २०७८

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच पछिल्लो समय प्रेम चलिरहेको छ । उनीहरुका प्रेमको गसिप बेलाबेलामा मिडियामा छाएकै विषय हो । उनीहरुका नजिकका आफन्तले समेत दुवैबीच प्रेम रहेको बताउँदै आएका छन् । तर मिडियामा भने उनीहरुले प्रेम  स्वीकारेको अवस्था छैन ।

सामाजिक सञ्जाल मार्फत भने दुबैले बेलाबेलामा एकअर्का प्रति देखाउने प्रेम भावले उनीहरु प्रेममा रहेको अनुमान सजिलै गर्न सकिन्छ । चर्चा त उनीहरु छिट्टै विवाह गर्दैछन् भन्ने पनि छ । यस विषयमा नीता र हरिहर भने चुप छन् ।
अहिले उनीहरु केही प्रोजेक्टमा एकसाथ काम गरिरहेका छन् ।  म्युजिक भिडियोदेखि टिभी शो र फिल्ममा पनि उनीहरु सहकार्य गर्दैछन् । हरिहरले एक टिभीमा संचालन गर्ने टिभी कार्यक्रमको निर्देशक नीता हुन् ।

यी वैले केही अगाडि ‘ह्रस्व–दीर्घ’ नामक एक फिल्म समेत घोषणा गरेका थिए । सो फिल्मको अहिले निर्माण तयारी भइरहेको छ । फिल्म निर्माण अगाडि दुबैले विवाह गर्ने समेत चर्चा छ । उनीहरुले नयाँ बर्षको साउनमा विवाह गर्ने र विवाहका लागि साइत हरिहर आफैले निकाली सकेको चर्चा चलिरहेको छ ।

फिल्मको लागि भने उनीहरुले निर्देशक खोजिरहेका छन् । निर्देशकको खोजी रहेका छन् । प्रेमकथामा बन्ने फिल्म हिन्दी र नेपाली दुई भाषामा बन्न लागेको हो । फिल्ममा उनीहरु दुबै मुख्य भूमिकामा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप