सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेले टाँसिदिएका जुँगा खौरिनु पर्दैन  ? : केपी ओली

आइतबार, ०६ चैत २०७८, १५ : १३
आइतबार, ०६ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको भन्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले शनिबार आगामी निर्वाचनमा एमालेलाई भोट नदिएर खाली बाकस पार्नु पर्ने बताएका थिए ।  आइतबार खनालको निर्वाचन क्षेत्र फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नुन र गुन बिर्सेर एमालेलाई गालि गरेको भन्दै त्यस्ताहरुलाई आगामी निर्वाचनमा जवाफ दिन निर्देशन दिए ।

‘एमालेले लगाएको सांसदको फुली बोकेर ? अनि फुकाल्नुपर्दैन त्यो ? अनि विचार गर्नुस् त कति सारो लाज नभएको होला ?’, ओलीले भने, ‘कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिनुपर्छ । अनि एमालेको वाकस खाली गर्छौ भन्ने ? नुन विर्सने, गुन विर्सने स्वार्थका तत्वहरूलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा एमाले विकासका सम्बन्धमा सोच्ने र योजना बनाएर अघि बढ्ने पार्टी भएको भन्दै तीन बर्षको छोटो समयमा विकासका धेरै काम गरेको दावी गरे । ‘एमाले विकासका बारेमा सोच्ने पार्टी हो, समय खेर फाल्ने पार्टी होइन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले असाधारण काम गरेको बताए । ओलीले एमालेका कार्यकर्तामाथि नङ नगाड्न चेतावनी समेत दिए । ‘एमालेका कार्यकर्तामा नङ नगाडे हुन्छ । अलिकति टोकी हेरे हुन्छ, दाँत उछिट्टिन्छन्’,ओलीको भनाइ छ । अध्यक्ष ओलीले केही शक्तिहरु नेकपा एमालेको वैचारिक क्षमता, सुशासनको नीति देखेर आतंकित भएको पनि बताए । एमालेको काम देखेर आतंकित बनेकाहरुले एमालेलाई सरकारबाट हटाएको भन्दै उनीहरुले कम्युनिस्टको बर्कोमात्रै ओढेको आरोप लगाए । ‘कम्युनिस्टकै वर्को ओढेका अन्तरे जन्तरे कम्युनिस्ट सरकार ढाल्न लागि परे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप