बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गीतकार डा. बराल र सङ्गीतकार गुरुङ सम्मानित

आइतबार, ०६ चैत २०७८, १६ : ११
आइतबार, ०६ चैत २०७८

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले गीतकार डा. कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई सन् २०२१ को प्रतिभा सम्मानबाट विभूषित गरेको छ । तपस होटल बत्तिसपुतलीमा एक कार्यक्रम आयोजना गरी शनिबार सो सम्मान हस्तान्तरण गरिएको प्राज्ञ शशी लुमुम्बुले जानकारी दिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले डा. कृष्णहरि बराललाई रु ५० हजार र सम्मानपत्रले तथा गणेश गुरुङलाई रु. एक लाख र सम्मानपत्रले सम्मान गरेका थिए ।  
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कुलपति काइँलाले बेलायतमा रहेका स्रष्टाहरूद्वारा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले भाषा, साहित्य, कला र संस्कृतिलाई सम्झने काम गरेकोमा प्रशंसा गरे । उनले सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत प्रतिभाले सम्बन्धित विधामा पुर्‍याएको योगदानको उचित कदर भएको बताए ।  

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले गरिरहेका विविध गतिविधिहरूको प्रशंसा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य र लोकवार्ता विभागले लेखाइरहेको नेपाली बालसाहित्यको इतिहास लेखनमा बेलायत डायास्पोराका बालसाहित्यसँग सम्बन्धित सूचनाहरू उपलब्ध गराएर सहयोग गर्न आग्रह गरे ।

साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भए पनि सम्मान तथा पुरस्कारको रकम वृद्धि गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा डा. रजनी ढकालले सम्मानित प्रतिभाद्वय डा. बराल र गुरुङको योगदानको चर्चा गरिन् । 
प्रतिभा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेश राईले प्रतिभा प्रतिष्ठानले युद्ध साहित्य तथा डायास्पोरिक साहित्यलाई पनि प्रवद्र्धन गरिरहेको बताए । प्रतिष्ठानले हालसम्मा १४ जना प्रतिभालाई सम्मान तथा १४ जनालाई प्रतिभालाई पुरस्कार अर्पण गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप