डा शंकर शर्मा भारतको राजदूत नियुक्त
आइतबार, ०६ चैत २०७८, १८ : ११
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।
सरकारले उनलाई राजदूत सिफारिस गरेको लामो समय बितेपनि भारतले एग्रिमो पठाउन ढिलाइ गरेको थियो । भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले आइतबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
‘