मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टोटेनहमको जितमा सनको दुई गोल

सोमबार, ०७ चैत २०७८, ०७ : ३२
सोमबार, ०७ चैत २०७८

सन ह्युङ मिनको दुई गोलको सहयोगमा टोटेनहमले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले दुई गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो । 

उता वेस्ट हमका लागि सेद बेन्रहामले एक गोल फर्काए । खलेको नवौं मिनेटमा कुर्ट जोउमाको आत्मघाती गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।​​ २४औं मिनेटमा सनले गोल दर्गै टोटेनहमको अग्रता दोब्बर पारे । 
वेस्ट हमका लागि ३५औं मिनेटमा सेदले गोल गर्दै टिमलाई २–१ को स्थितमा ल्याए ।

यता टोटेनमहका लागि ८८ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल टिमलाई ३–१ को जित दिलाए । जितसँगै टोटेनहमले २९ खेलमा ५१ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट हम ४८ अंक जोडेर सातौं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप