एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोली घोषणा
सोमबार, ०७ चैत २०७८, १७ : ०२
एएफसी एसियन कप छनोट फुटसलका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार १४ सदस्सीय टोलीको घोषणा गरेका हुन् । किर्गिस्तानमा हुने छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा छ । छनोट प्रतियोगिता अप्रिल १ देखि १५ सम्म हुनेछ ।
प्रतियोगिता अन्तर्गत नेपाल रहेको समूह ‘बी’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।
यस्तो छ, नेपाली टोली :
गोलकिपर : अनिश श्रेष्ठ, विश्वास पौडेल
फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ
आला : आदिल हमिद, कृजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
पिभोट : हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ