आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाईकल दुर्घटनामा रुपन्देहीका युवकको मृत्यु

सोमबार, ०७ चैत २०७८, १९ : २१
सोमबार, ०७ चैत २०७८

सोमबार स्याङ्जामा भएको मोटरसाईकल दुर्घटनामा रुपन्देहीका एक युवकको ज्यान गएको छ ।  प्रहरीका अनुसार मोटरसाईकल दुर्घटनामा परि रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ फर्सटिकट घर भएका २७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको हो । ।

स्याङजाको गल्याङ नगरपालिका–१ नब्बेस्थित सिद्धार्थ राजमार्गमा ग१५ प ७४४७ नम्बरको मोटरसाइकल र लु २ ख ५२९० नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना  भएको थियो  । त्यस दुर्घटनामा मोटरसाइकल चालक  पटेल  गल्याङ बजारमा कुशल मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए ।  

गम्भीर घाइते भएका  उनको  नगर अस्पताल गल्याङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप