युक्रेनमा बम विस्फोट हुँदा छ जनाको मृत्यु
सोमबार, ०७ चैत २०७८, २० : ४१
युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।
पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको "रेट्रोभिल" सपिङ मलको अगाडि छवटा शव राखिएको थियो । भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।