सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जपछि धरानमा आन्तरिक ट्राभल मार्ट आयोजना हुने

सोमबार, ०७ चैत २०७८, २० : ४९
सोमबार, ०७ चैत २०७८

आन्तरिक तथा बोर्डर सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले ( बोर्डर टुरिजम ) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ ।  यसैक्रममा पर्यटन बोर्डले २०७८ चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा  इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।

सोमबार पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए ।
नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरूको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालू आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको डा. रेग्मीले बताए ।

यसै सन्दर्भमा नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जमा गत फाल्गुण २६, २७ र २८ गते वेस्टन ट्राभल मार्ट कार्यक्रम सम्पन्न गरिएको थियो । यस मार्टमा नेपालगञ्ज सहरलाई गेट वे अफ कर्णालीको रुपमा प्रवद्र्धन गरिएको थियो ।

त्यसैगरी बोर्डले आगामी चैत ११, १२ र १३ गते धरानमा धरान उपमहानगरपालिकासँगको सहकार्यमा ईष्ट टुरिजम मार्ट २०२२ सञ्चालन गर्दैछ । यसैगरी आगामी चैत्र २५, २६ र २७ गते धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा धनगढीमा फारवेष्ट ट्राभल मार्ट २०२२ कार्यक्रम सञ्चालन गरिने बोर्डले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप