सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कुन  विदेशी मुद्राको विनिमयदर कति ?

मङ्गलबार, ०८ चैत २०७८, ०८ : ३४
मङ्गलबार, ०८ चैत २०७८

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०९ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६० रुपैयाँ ४१ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४० पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप