आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य फेरि एक लाखमाथि पुग्यो

मङ्गलबार, ०८ चैत २०७८, ११ : ११
मङ्गलबार, ०८ चैत २०७८

सुनको मूल्य फेरि एक लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले वृद्धि हुँदै पुनः एक लाख ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ८०० रुपैयाँले नै वृद्धि हुँदै आज ९९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप