सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्गलबार, ०८ चैत २०७८, ११ : १९
मङ्गलबार, ०८ चैत २०७८

मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २६ वर्षिय सत्य नारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

को २९ प ९१९७ नम्बरको मोटरसाईकल सोमबार बेलुकी साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप