आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हट्यो वर्षाको बिकिनी तस्बिर

मङ्गलबार, ०८ चैत २०७८, १५ : २३
मङ्गलबार, ०८ चैत २०७८

अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा सेयर गरेको केही तस्बिर डिलिट गरेकी छिन् ।  वर्षाले हरियो रङको स्विमसुट लगाएका केही तस्बिर आफ्नो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनले ती तस्बिर अमेरिका भ्रमणमा रहेका बेला समुद्री तटमा खिचेकी थिइन् ।

तर वर्षाको बिकिनी तस्बिरमा नकारात्मक कमेन्टको वर्षा नै भयो । कतिले त्यसमा भद्दा कमेन्टसमेत गरे, धेरैले तथानाम भने । यी तस्बिरमा धेरैले उनको र राज कट्वालबीचको सम्बन्धको कुरासमेत झिके ।

यस्ता नकारात्मक कमेन्टको बाढी आएको उनको बिकिनी तस्बिरसहितको पोस्टलाई वर्षाले अन्ततः डिलिट गरेकी छिन् । वर्षाले फेसबुक र इन्स्टाग्राम दुबैबाट यी सबै तस्बिर हटाइदिएकी छिन् । वर्षाले नकारात्मक कमेन्ट गर्ने केहीविरुद्ध कानुनी उपचारसमेत गर्ने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप