सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय पर्यटन भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु

मङ्गलबार, ०८ चैत २०७८, १५ : ४७
मङ्गलबार, ०८ चैत २०७८

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनका लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन् । मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा.रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको बताएका हुन् ।

उनले पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल सरकारको कुनै प्याकेज बिना नै अत्याधिक मात्रामा आउने गरेकाले थप व्यवस्थित बनाएर पर्यटक बढाउनको लागि टुरिजम मार्ट अभियान सुरु गरिएको बताए । कोरोना महामारीपछि भारतीय पर्यटक घुम्नेको लागि उपयुक्त गन्तव्य खोजी रहेकाले त्यो गन्तव्य समयमा नै नेपाल बनाउनु पर्ने आवश्यक रहेको डा. रेग्मीले बताए । उनले बोर्डले भारतका विभिन्न शहरका टुर अपरेटरहरूसँग सहकार्य गरेर टुर अवरेटरको माध्यमबाट नेपालमा भारतीय पर्यटक बढाउने योजना बनाएको बताए ।

पछिल्लो समय भारतीय पर्यटक बढ्दै गएकाले सिमावर्ती क्षेत्रमा ठूला ठूला होटल तथा मनोरञ्जन जोनहरु समेत सञ्चालनमा आएको जानकारी दिए । तर अहिले भएका पर्यटन प्रवर्द्धनको लागि सबै भौतिक संरचना पूर्णरुपमा व्यवस्थित नभएर पनि आएका पर्यटकलाई सन्तुष्ट बनाउन सक्ने अवस्थामा नेपालको पर्यटन क्षेत्र तयार रहेको डा. रेग्मीको भनाइ छ । उनले कोरोना महामारीको थला परेको पर्यटन उद्योगलाई नयाँ सोचका साथ प्रवद्धन गर्ने उद्देश्यले बोर्डले नयाँ तरिकाबाट काम गर्न लागेको बताए ।

पछिल्लो १० वर्षको अवधिमा नेपालमा पर्यटन प्रवर्द्धनको लागि धेरै भौतिक संरचनाको विकास भएको भन्दै डा. रेग्मीले  सिमावर्ती क्षेत्रमा ठूला होटल, क्यासिनो,मनोरञ्जनका जोन, विशेष गरेर नेपाली परिकारका खानाहरु प्रशस्त  आएकाले भारतीय पर्यटक घुम्नका लागि उपयुक्त गन्तव्य नेपाल बन्ने बताए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप