मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तीन दिनभित्र शिक्षण संस्थाको विवरण पेस गर्न चिकित्सा शिक्षा आयोग निर्देशन

मङ्गलबार, ०८ चैत २०७८, १७ : १२
मङ्गलबार, ०८ चैत २०७८

 चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थामा सञ्चालन भइरहेका कार्यक्रम बारे तीन दिनभित्र प्रष्टसँग जानकारी गराउन निर्देशन दिएको छ । आयोगले विश्वविद्यालय, प्रतिष्ठान वा परिषद्लाई आफूले सञ्चालन गरेको कार्यक्रम बारे जानकारी दिन आग्रह गरेको हो । 

मंगलबार बसेको आयोगको कार्यकारी समितिको बैठकले स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय लिनका लागि विश्व विद्यालय तथा प्रतिष्ठानहरुलाई गरिएको पत्राचार अनुसार निर्णय लिन बाँकी रहेको भन्दै आफ्ना कार्यक्रम बारे जानकारी दिन आग्रह गरेको हो ।

शिक्षण संस्थामा भएका र यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमध्ये कस्ता कार्यक्रम सञ्चालन हुने वा कुन निकायको कार्यक्रम सञ्चालन हुने बारे तीन दिन भित्र आयोगलाई जानकारी दिन आयोगले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप