मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो देखियो पल्सर स्पोर्ट्स अवार्ड-२०७७ (तस्बिरहरु)

मङ्गलबार, ०८ चैत २०७८, १८ : ४७
मङ्गलबार, ०८ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजना गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले प्राप्त गर्दा पिपल्स च्याइसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरिन् । अवार्डसँगै एलिन पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।

१८औँ संस्करणको अवार्डमा पिपल्स च्वाइस विधाको अवार्ड टेबल टेनिसकी एलिना प्राप्त गर्दा खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएकी हुन । यस विधाको मनोनयनमा फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका थिए । यस्तै मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । नेपाली खेलकुदको भौतिक पूर्वाधार निमार्ण देखि खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन उल्लेख्य योगदान गरेका शाहलाई मरणोपरान्त यस अवार्ड प्रदान गरिएको हो । यसैगरी मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ्य र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ हुन । मञ्चले स्पेशल अवार्डकै रूपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । कोरोनाका कारण २०७७ सालमा खासै खेलकुद प्रतियोगिता भएन । तरपनि पुष्पाले बंगलादेशको ढाकामा सम्पन्न ढाका म्याराथनमा स्वर्ण पदक जित्दै नेपालको सान उचो बनाएकी थिइन् ।

‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरियो । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भए । एआईपीएस एसियाका अध्यक्ष हुन् । यसैगरी बर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रदान गरिएको छ । घरेलु मैदानमा आयोजित थ्री नेशन कपको उपाधि जितेका कारण फुटबल टोलीलाई यस उपाधि प्रदान गरियो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप