मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा वीर अस्पताल बनाउने बारे चिनियाँ विदेशमन्त्रीसँग छलफल हुने

मङ्गलबार, ०८ चैत २०७८, १८ : ५४
मङ्गलबार, ०८ चैत २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बारे चिनियाँ विदेश मन्त्रीको भ्रमणमा कुरा उठाउने बताएका छन् । मंगलवार चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भए पनि विभिन्न कारणले सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन । 

उनले भने – ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडी सारेका हौँ । सत्य कुरो के हो भन्दा चीनले दिन्छ भन्ने आँट र आशमा हामीले यसलाई अगाडी बढायौँ । विभिन्न कारणले डिस्टर्ब भयो । कोरोना आएर डिस्टर्ब भयो । अब यसलाई हामी अगाडी बढाउँछौँ । मलाई लाग्छ परराष्ट्रमन्त्रीको भ्रमण पर्सि २५ गते यो एजेण्डालाई हामीले प्रवेश गर्न सक्यौँ र परराष्ट्र मन्त्री मार्फत् चिनियाँ सरकारलाई सहमति गराउने स्थितिमा पुग्यौँ भने यो प्रोजेक्ट अगाडी बढ्छ, बढाउनुपर्छ । यदि कारणवश भएन भने, लुरे तालले भए पनि, ताते जस्तो गरेर हिँडेर भए पनि नेपाल सरकार आफैँले पनि जसरी निजगढको फाष्टट्रयाक आफैले आँट गरेर सुरु गरेको थियो जतिसुकै छुट्याएर यसलाई प्रारम्भ गर्दै काम सुरु गर्दै, दाता पनि खोज्दै, सहयोगी पनि खोज्दै हामी अगाडी बढ्नुपर्छ । आशालाई निराशामा परिणत हुन हामी दिँदैनौँ । तपाईंहरूलाई म विश्वास दिलाउन चाहन्छु ।’ उनले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरू पनि खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप