रुखको हाँगाले थिचेर मकवानपुरमा एक जनाको मृत्यु
मङ्गलबार, ०८ चैत २०७८, १९ : ४४
मकवानपुरको मनहरी रुखको हाँगाले थिचेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिका वडा नम्बर(६ मा रुखको हाँगाले थिचेर एक जनाको मृत्यु भएको हो । मंगलबार दिउँसो वर्षासँगै आएको हावाहुरीको कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हाँगाले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेको पहिचान नखुलेको र घटनास्थल मनहरी बजारबाट २ घण्टाको दुरीमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । हाल इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक टोली घटनास्थल तर्फ गइसकेको उनले बताए । घटना बारे थप विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए ।