आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

मङ्गलबार, ०८ चैत २०७८, २० : २२
मङ्गलबार, ०८ चैत २०७८

मकवानपुरको हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-३ जम्बोमा मंगलबार साँझ श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४३ वर्षीय मित्र लाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । मृतक सुनारको उनकै श्रीमती ४१ वर्षीय अनिता विकको कुटाइबाट मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

घरायसी विवादमा मादक पदार्थ सेवन गरी विकले श्रीमानलाई हातले धकेल्दा लडेर घाइते भएका सुनारको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले बताए । लडेर अचेत अवस्थामा उपचारको लागि हेटौडा अस्पताल पुर्याइएका सुनारलाई साँझ ७ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप