बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
मङ्गलबार, ०८ चैत २०७८, २१ : ४७
बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक सुस्त मनस्थिति भएकी बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंमा बस्दै आएका ३३ वर्षीय मंगले तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहर कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता हरि खतिवडाका अनुसार तामाङलाई मंगलबार इलामबाट पक्राउ गरिएको हो । प्रवक्ता खतिवडाका अनुसार तामाङले आफै गायक तथा वैध हुँ भन्दै बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको पाइएको छ ।