इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा
बुधबार, ०९ चैत २०७८, ११ : ४३
कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो कप विजेता इटाली बीचको खेल वेम्बली स्टेडियममा हुने भएको छ । दुई टोलीबीचको खेल जुन १ मा हुने भएको हो । युरोपेली फुटबलको सर्वाेच्च निकाय यूईएफएले दुई टोलीबीचको खेलको टिकट २४ मार्चबाट सुरु हुनेछ ।
अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो । ब्राजिलमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको थियो ।
त्यस्तै इटालीले इङ्ग्ल्यान्डलाई हराएर युरो कप २०२० को उपाधि जितेको थियो । इटालीले इङ्ग्ल्यान्डलाई पेनाल्टी टुट आउटमा जित निकालेको थियो । जसमा इटालीले ३–२ गोलको जित निकाल्यो ।