मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धेरै अमिलो खाँदा महिलाको गुप्ताङ्गमा समेत असर, अन्य कस्ता छन् हानी ?

बुधबार, ०९ चैत २०७८, १४ : ०३
बुधबार, ०९ चैत २०७८

खानामा अमिलो, मिठो र पिरो स्वादमध्ये हामीलाई कुनै विशेष असाध्यै मनपर्छ । तर स्वस्थ रहनका लागि हरेक चिजलाई निश्चित मात्रामा खाँदा राम्रो हुन्छ । कुनै पनि कुराको अत्यधिक सेवनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । जसरी असाध्यै पिरो खाँदा पाइल्स र असाध्यै गुलियो खाँदा विभिन्न समस्या देखिन्छन् त्यसैले असाध्यै अमिलो पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । असाध्यै अमिलो खानेकुरा किन खानु हुँदैन, यसबारे भारतकी आयुर्वेद र नेचुरोप्याथकी डा. रुक्मणी नायरले जानकारी दिएकी छिन् ।

स्वास्थ्यका लागि किन खतरनाक छ अमिलो ?

के खाने, के नखाने आयुर्वेदमा यसको चर्चा विस्तारपूर्वक गरिएको छ तर स्वादको चक्करमा मानिसहरु यसलाई धेरैजसो नजरअन्दाज गर्ने गर्छन् । डा. नायरका अनुसार धेरैजसो अमिलो खानेकुरा एसिडिक खालका हुन्छन् । त्यसैले यसको अत्यधिक सेवनले धेरै नै डकार आउने र एसिडिटीको समस्या बढाउन सक्छ । थुप्रै स्वास्थ्य अवस्था यस्ता हुन्छन् जसमा अमिलो खानाले स्वास्थ्यसँग सम्बन्धित समस्या बढ्ने गर्छ । त्यसैले यदि गुलियो र पिरोबाहेक खानामा अमिलोलाई पनि सिमित मात्रामा समावेश गर्नुपर्छ ।

के तपाईं पनि दैनिक कागती पानी पिउनुहुन्छ ?

जसलाई हाइपर एसिडिटी, एनिमिया, अत्यधिक ग्यास, पेट वा मुखको अल्सर, रुमेटाइड आर्थराइटिसजस्ता समस्या छ, उनीहरुले कागती पानी पिउनु हुँदैन । कागतीमा हुने एसिडले शरीरको समस्या बढाउने गर्छ । साथै, कागती एल्केलाइन नेचरको हुने कुरा पनि थाहा पाउनुपर्छ । लामो समयसम्म यदि यसलाई स्ट्रको प्रयोग नगरी पिउनुहुन्छ भने दाँतको इनामेलमा नकारात्मक असर पर्नसक्छ ।

दही मनपर्छ, तर खाने सही तरिका थाहा छ ?

गर्मी आइरहेको छ, यस्तोमा दहीलाई खानामा समावेश गर्न आवश्यक छ । तर दही खान पनि केही नियम पालना गर्नुपर्छ । दहीलाई कहिले पनि अमिलो खानेकुरासँग नखानुहोस् । चाहे त्यो अमिलो स्याउ, अंगुर वा अनार नै किन नहोस् । यदि दहीमा यस्ता फलफूल मिसाएर खाने बानी छ भने आजैदेखि यो बानी त्याग्नुहोस् । यस्तै कतिलाई अमिलो दही मनपर्छ । दुई तीन दिनसम्म राखिएको अमिलो दहीका कारण एसिडिटीको समस्या हुनसक्छ ।

गोलभेडा मनपर्छ ? तर स्वास्थ्यमा यसको असर पनि बुझ्नुहोस्

गोलभेडाको अचार, आलु गोलभेडाको तरकारी असाध्यै मनपर्छ भने तपाईं सावधान हुनुपर्ने बेला भएको छ । जसलाई मृगौलासँग सम्बन्धित वा शरीर सुन्निने समस्या छ भने उनीहरुले गोलभेडा खानु हुँदैन ।

राती अमिलो खानेकुरा खान नहुने कारणः

आयुर्वेदका अनुसार स्वस्थ रहनका लागि शरीरमा वात, पित्त र कफ सन्तुलनमा हुन अत्यावश्यक छ । राती अमिलो खानेकुरा खाँदा वातमा गडबडी हुुने गर्छ जुन स्वास्थ्यका लागि खराब साबित हुन्छ । यस्तै राती अमिलो खाँदा निद्रा नलाग्ने र पेट दुख्ने समस्या पनि हुनसक्छ ।

महिलालाई अत्यधिक अमिलो नखान किन भनिन्छ ?

अमिलो खानै नहुने भन्ने हुँदैन तर यसको अधिकताका कारण अनुहारमा डण्डिफोरको समस्या हुनसक्छ । धेरैजसो महिला दिनभरी पर्याप्त मात्रामा पानी पिउँदैनन् । अत्यधिक अमिलो खाँदा र कम पानी पिउँदा पिएच लेभलमा कमी देखिन्छ, यसैकारण योनीमा संक्रमणको समस्या देखिन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप