माओवादीका तीन आयोगको संयुक्त बैठक
बुधबार, ०९ चैत २०७८, १४ : ५०
नेकपा माओवादी केन्द्रका तीनवटा पार्टी केन्द्रीय आयोगको संयुक्त बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी सहभागी छन् ।
संयुक्त अन्तरक्रियात्मक बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बसेको हो ।