१५ औँ सामसङ्ग डिजिटल प्लाजा धरानमा
काठमाडौं – सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १५ औँ सामसङ्ग डिजिटल प्लाजा धरानमा आज मंसिर ७ गतेदेखि शुरु भएको छ ।
सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्रि वितरण गर्दै आइरहेको छ ।
बजारमा उच्च स्तरिय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा धरानमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले कृतिमा इलेक्ट्रोनिक्स सँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अबसरमा कृतिमा इलेक्ट्रोनिक्सका प्रोप्राइटर भरत अग्रवाल र शिव बहादुर राणाले भन्नुभयो ‘हामी बिश्बकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’
उनीहरुले धरानकोे व्यवस्थ बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्नै र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता गरेका छन् ।
नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै कम्पनीको दावी छ ।