आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चोभारमा सुमो र मोटरसाइकल ठोक्कियो, २ जनाको निधन

बुधबार, ०९ चैत २०७८, २२ : ५८
बुधबार, ०९ चैत २०७८

काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित चोभार डाँडाको घुम्तीमा टाटा सुमोसँग मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा परेर दुईजनाको निधन भएको छ । दुर्घटनामा परेर काठमाडौं महानगरपालिका–१४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना र नागार्जुन नगरपालिका–६ बस्ने २६ वर्षीय समिर गिरीको निधन भएको  छ ।

बल्खुबाट चोभार जाँदै गरेको ना १ ज ६३५४ नम्बरको टाटा सुमो र  चोभारबाट बल्खुतर्फ आउँदै गरेको बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किएको थियो । मृतक दुवैजना मोटरसाइकलमा सवार थिए ।

सुमो चालक बाराको जितपुर उपमहानगरपालिका–६ घर भएका २७ वर्षीय सञ्जय खानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । दुर्घटनाबारे महानगरीय प्रहरी बृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप