प्रोटोन एक्स ५० नेपालमा सार्वजनिक, तस्बिरमा हेर्नुहोस्
अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स ७० को सफलतापछि जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० पनि अधिकारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार गैरीधारास्थित सोरुममा एक कार्यक्रमका बीच मलेसियन राजदूतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्तिथिमा गाडी सार्वजनिक गरिएको हो ।
प्रोटोन एक्स५० पछिल्लो समयमा विभिन्न देशमा ख्याति प्राप्त हुन सफल हुनुका साथै मलेशियाको सबैभन्दा बढी माग भएको गाडी हो ।
१.५ लिटर टर्बो चार्ज थ्री-सिलिन्डर इन्जिनको साथ कम्पनीले 1.5T Standard, 1.5T Premium र 1.5 TGDi Flagship संस्करणहरू सार्वजनिक गरेको छ । यसको Standard र Premium संस्करणले 5,500 rpm मा 150 PS पावर उत्पादन गर्छ भने 1,500 देखि 4,000 rpm मा 226 Nm टर्क उत्पादन गर्छ । त्यसरी नै Flagship संस्करणले 5,500 rpm मा 177 PS पावर उत्पादन गर्छ र 1,500 देखि 4,000 rpm मा 255 Nm टर्क उत्पादन गर्छ । यति मात्र नभई यसमा 7 speed dual clutch transmission with manual mode को सुविधा पनि रहेको छ ।
निकै नै आकर्षक डिजाइनमा आउने गाडीमा Dual tone interior and exterior को साथै Full LED Headlamp, 18'' Alloy wheels, Quad Exhaust Tailpipes, Floating Floor Console, Panaromic Sunroof, LCD Meter Combination र Front Welcome Lamps जस्ता सुविधाहरु छन् । जगदम्बा मोटर्सका सीईओ दिपक अग्रवालले यस सेग्मेन्ट अरु ब्रान्ड भन्दा बढी सुविधाको रहेको बताए । जगदम्बा मोटर्स नेपालमा प्रोटोनको गाडीको आधिकारिक वितरक हो।