लुम्बिनी प्रदेशमा लागूऔषधसहित ५ जना पक्राउ
बिहीबार, १० चैत २०७८, १५ : ०३
लुम्बिनी प्रदेशमा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना, दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरिएको हो ।
बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठलाई ५ ग्राम ९ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै दाङको घोराही उपमहानगरपालिका–१७ बस्ने २८ वर्षीय विक्रम चौधरीसहित ३ जनालाई १ ग्राम ५१० मिलिग्राम अवैध लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।