आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा दुर्घटनाबा एक युवाको मृत्यु

बिहीबार, १० चैत २०७८, १५ : १०
बिहीबार, १० चैत २०७८

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवलतर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल जितगढीमा एक आपसमा ठोकिएको प्रहरीले जनाएको हाे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका मनोज थापाको मृत्यु भएको हो । स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप