आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सलमान खानले ५० करोडमा मेरो सुपारी दिएका छन्, म मारिनेछु’

बिहीबार, १० चैत २०७८, १५ : २९
बिहीबार, १० चैत २०७८

बलिउड फिल्म अभिनेता तथा समीक्षक कमाल राशिद खान (केआरके) ले आफ्नो ज्यान खतरामा भएको बताएका छन् । धेरैजसो विवादमा रहने केआरकेले एक यस्ता अभिनेतामाथि आरोप लगाएका छन् जसको नाम सुनेर सबैजना चकित परेका छन् । केआरकेले एकपटक पुनः सलमान खानमाथि आक्रमण गरेका छन् । उनले सलमानलाई आफ्नो ज्यानको खतरा बताएका छन् ।

केआरकेले थुप्रै ट्वीट गरेर यसबारे बताएका छन् । दिल्ली प्रहरी र मुम्बई प्रहरीलाई ट्याग गर्दै उनले ट्वीट गर्दै भनेका छन्, ‘आफूलाई मन्त्रीको पिए बताउने एकजना व्यक्तिले मलाई फोन गरेर सूचनाका लागि उनलाई फोन गर्न भने । उनले दिएको नम्बरमा फोन गर्दा उनले मलाई अर्को ह्वाट्सएप नम्बर दिए । उनले मेरोबारे रेकर्डिङ भएको बताए ।’

‘ती व्यक्तिले मलाई सलमान खानले मुम्बई र दिल्ली प्रहरीलाई ५० करोड भारु दिएको सुपारीको रुपमा दिएको बताए । उनले यसमा धेरै मन्त्रीहरु पनि संलग्न भएको बताए । त्यसैले म भारत जाने बित्तिकै म मारिनेछु । उनले सलमान खान, थुप्र्रै राजनीतिज्ञ र प्रहरी अधिकारीको रेकर्डिङसमेत भएको बताए ।’

अब केआरकेको कुरामा कत्ति धेरै वास्तविका छ, यसबारे भने थाहा छैन । तर सलमान खानको नाम लिएर केआरकेले पुनः अर्को विवाद निम्त्याउने मौका मिलेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप