सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भिटोफको अध्यक्षमा दुई प्रतिस्पर्धी

बिहीबार, १० चैत २०७८, १५ : ३५
बिहीबार, १० चैत २०७८

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को भोलि बिहीबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । भिटोफका महासचिव जस्फा पाण्डे र द्वितीय उपाध्यक्ष गोपाल थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । आफूलाई अब्बल सावित गर्दै निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाएका दुवै प्रत्यासीले  व्यवसायीसँग छुट्टाछुट्टै भेटघाट र एजेण्डाबारे छलफल गरेर आफ्नो पक्षमा माहोल बनाउन जुटिरहेका छन् । 

पाण्डेले भिटोफमा व्यावसायिक नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले भिटोफको अवधारणालाई व्यावहारिक कार्यान्वयनका लागि यसपटक नेतृत्वमा आउन चाहेको उल्लेख गरे । अर्का प्रत्यासी थापाले निर्वाचनमा माहोल बनाउन व्यवसायीसँग भेटघाट र अन्तक्र्रिया जारी रहेको बताए। उनले भिटोफको उद्देश्यअनुरुप प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउन आफूले प्रयत्न गर्ने बताए । एघार सदस्यीय कार्यसमिति रहेको फिटोफको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुनेछ भने अन्य पदमा निर्विरोध भइसकेको जनाइएको छ । कोषाध्यक्ष पदका लागि गौरी उप्रेती र सकुन्तला देवकोटा प्रतिस्पर्धी छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप