आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल, देवको  डेब्यू

शुक्रबार, ११ चैत २०७८, ०९ : २९
शुक्रबार, ११ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डीङ रोजेका छन् । ​पीएनजीले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।  आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो । 

यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । 
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाल सहज जित निकाल्दै सिरिजको सुरुवात गर्ने योजनामा छ । सन्दीपको कप्तानीमा नेपालले घरेलु मैदानमा पहिलो पटक खेल्दैछ । त्यसैले पनि सन्दीपका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ । 

नेपाली टोली : 
सन्दीप लामिछाने (कप्तान), दिपेन्द्र सिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमल सिंह ऐरी, सोमपाल कामी, रोहित कुमार पौड्यल, पवन सरार्फ, आरिफ सेख, भिम सार्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप