आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

शुक्रबार, ११ चैत २०७८, ११ : ३०
शुक्रबार, ११ चैत २०७८

सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । 

घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई  ठक्कर दिएको थियो । ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप