आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रबार, ११ चैत २०७८, १२ : १३
शुक्रबार, ११ चैत २०७८

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् ।

उनको उपचारको क्रममा निजगढ सामुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।  गएराती पौने १ बजे नम्बर नखुलेको सवारी साधनले उनलाई ठक्कर दिई फरार भएको हो । 

दुर्घटना गराई फरार रहेको सवारी साधन र चालकको खोजीकार्य भैरहेको ईलाका प्रहरी कार्यालय चपुर रौतहटले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप