बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुर साहित्यिक समाजको तेइसौं साधारण सभा सम्पन्न

शुक्रबार, ११ चैत २०७८, १५ : २१
शुक्रबार, ११ चैत २०७८

भक्तपुर साहित्यिक समाजको तेइसौं साधारण सभा हालै सम्पन्न भएको छ । दूधपाटीस्थित ख्वप गार्डेनमा भएको कार्यक्रममा शुभकामना दिदै वरिष्ठ साहित्यकार धनमान श्रेष्ठले आफ्नो साहित्यिक यात्रामा समाजको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै कला, साहित्य, संगीत र संस्कृतिको उत्थानमा समाज सदैव अग्रस्थानमा रहिरहने शुभेच्छा व्यक्त गरे । 

साहित्यकार एवं विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यले साहित्यिक संस्थाहरू एकापसमा हातेमालो गर्दै समय सापेक्ष नयाँ ढङ्ग र नयाँ शिराबाट आफूलाई परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । समाजका सल्लाहकार काशीराम विरसले छायाँमा परेका स्रष्टाहरूलाई सम्मान गर्ने परम्परा समाजको सबल पक्ष रहेको चर्चा गरे ।

सभाले समाजका कावा सचिव श्याम गैंडाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, बार्षिक कार्ययोजना र विधान संशोधन तथा कोषाध्यक्ष रन्जिता थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको थियो । समाजका अध्यक्ष राजुराम मुनंकर्मीको सभापतित्वमा भएको कार्यक्रममा पुरूषोत्तम प्रजापतिले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप