सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनाको सहज जित

शनिबार, १२ चैत २०७८, ०८ : ५६
शनिबार, १२ चैत २०७८

अर्जेन्टिनाले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । यसअघि नै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले भेनेजुएलालाई ३–० गोल अन्तरले हराएको हो ।

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेस्सीले एक एक गोल गरे । ला बोम्बोनेरामा खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

डी मारियाले ७९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ८२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए । जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप