आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हवल्दार हुँ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

शनिबार, १२ चैत २०७८, ०९ : २४
शनिबार, १२ चैत २०७८

प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास(१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।​ बर्दिबासस्थित सुनचाँदी पसलहरूले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथि आरोप लागेको छ ।

८ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी  लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न. ४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए ।

'प्रहरी हवल्दार हु तेरो साहुलाइ प्रहरी कार्यालयमा पठाइदे भन्दै मैले बोकेको झोला नै उनले लगेका थिए,' कालिकोटेले भने । कागजातसहित सुनचाँदी प्रहरीले नै नियन्त्रण लिएको हुनसक्ने भन्दै बेलबारी प्रहरी कार्यालय पुग्दा बल्ल चोरी भएको थाहा पाएको कालिकोटेले बताए ।

कालिकोटेको बयान र जाहेरीको आधारमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय वेलबारीको टोलीसमेत बर्दिबास आइपुगेको थियो । इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले अनुसन्धानको क्रममा ठाकुरको घरमा खानतलासी भएको थियो ।

खानतलासीको क्रममा उन्को घरवाट १२ केजी ८८२ ग्राम सुनचाँदी बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । आरोपित ठाकुरलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरि बेलबारी प्रहरीलाई बुझाएको छ । ठाकुरलाई प्रहरी हिरासतमा नै राखेर थप अनुसन्धान गर्ने प्रक्रिया अगाडी बढाइएको बेलबारी इलाका प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप