मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रलेस काठमाडौँको अध्यक्षमा विद्रोही

शनिबार, १२ चैत २०७८, १० : ४६
शनिबार, १२ चैत २०७८

प्रगतिशील लेखक सङ्घ, काठमाडौँ जिल्ला शाखाको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा मेस्मा पुन, धुर्ब बस्याल, रामचन्द्र खतिवडा, जीवनप्रकाश उपाध्याय, राजेन्द्र पन्त ‘तारकिणी’, अनिता यात्री, जय गौडेल, रुपेश अधिकारी, राजेन्द्र घिमिरे, रमेश खतिवडा, पवनकुमारी न्यौपाने र शिवकुमार श्रेष्ठ चयन भएका छन् । 

केन्द्रीय अध्यक्ष डा.जीवेन्द्रदेव गिरीले शुभारम्भ गर्नुभएको अधिवेशनको बन्दसत्र सञ्चालनका लागि केन्द्रीय उपमहासचिव आरसी न्यौपानेको अध्यक्षतामा अध्यक्षम मण्डल गठन गरिएको थियो । प्रलेसको १२ औँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप