मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उत्तमशान्ति पुरस्कार र "विगत र बाडुली" लाई

शनिबार, १२ चैत २०७८, १९ : ०१
शनिबार, १२ चैत २०७८

उत्तम कुवर स्मारक पुरस्कार गुठीले "विगत र बाडुली" नामक कृतिलाई २०७७ सालको 'उत्तमशान्ति पुरस्कार' काठमाडौँमा आयोजित एक समारोहबीच प्रदान गरेको छ । ताम्रपत्रसहित नगद पुरस्कार एक लाख रुपैयाँ कृतिकी श्रष्टा भारती गौतमलाई गुठीका अध्यक्ष डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् ।

हरेक वर्ष जेठ १२ गते प्रदान गरिँदै आएको यो पुरस्कार कोभिड-१९ को कारणले गर्दा आज चैत १२ गते प्रदान गरिएको हो । २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप