सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले आज थाइल्याण्डको क्लब चोनबुरीसँग खेल्दै

आइतबार, १३ चैत २०७८, ०८ : १०
आइतबार, १३ चैत २०७८

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज (आइतबार) थाइल्याण्डको क्लब  चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसिया कपको छनोटको तयारीमा रहेको नेपालले थाइल्याण्डको क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

नेपालले यसअघि थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपाल २–० गोल  अन्तरले पराजित भएको थियो । चोनबुरी क्लबको घरेलु मैदानमा हुने नेपाल र चोनबुरीबीचको खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको नेपाल एक खेलमा सहज जित निकाल्ने योजनामा छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।

एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप