आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक जारी

आइतबार, १३ चैत २०७८, १३ : ४९
आइतबार, १३ चैत २०७८

काँग्रेस केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनमा सन्दर्भमा छलफल भइरहेको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार पनि जारी छ । आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं काँग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् । शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए । 

आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ । अधिकांश केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा राय राखेको पाएको छ ।

बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल भइरहेको प्रवक्ता प्रकाशशरण महतले बताए । यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेण्डा छ । महामन्त्री गगन थापा नेतृत्वको ‘स्थानीय तह निर्वाचन- २०७९, घोषणापत्र तयारी समिति’लाई पूर्णता दिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप