मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भिटामिन डी : कस्ता व्यक्तिलाई यसको कमी बढी ? के हो लक्षण ? उपचार के ?

आइतबार, १३ चैत २०७८, १७ : ३१
आइतबार, १३ चैत २०७८

हाम्रो शरीरलाई विभिन्न प्रकारको भिटामिन र पोषक तत्वको आवश्यकता पर्छ । भिटामिन विभिन्न प्रकारका हुन्छन् जसमध्ये एक हो भिटामिन डी । अन्य भिटामिन जस्तै हाम्रो शरीरलाई भिटामिन डीको पनि आवश्यकता बढी नै हुन्छ । सूर्यको किरणबाट हाम्रो शरीरमा भिटामिन डी बन्छ । तर आजकालको भागदौडयुक्त जीवनमा धेरैजसो मानिसलाई भिटामिन डीको कमी देखिन्छ । शरीरमा भिटामिन डीको कमीले विभिन्न खालका समस्या देखिन्छन् । आउनुहोस्, भिटामिन डीबारे केही जानकारी लिऔँ ।

किन चाहिन्छ भिटामिन डी ?

भिटामिन डी हाम्रो हड्डी र दाँतका लागि निकै नै आवश्यक तत्व हो । बच्चामा भिटामिन डीको कमीलाई रिकेट्सको नामले चिनिन्छ । यो रोग लाग्दा हड्डी असाध्यै नरम हुन्छन् र यो निकै सजिलै भाँच्चिन थाल्छ । यस्तै, वयस्कमा भिटामिन डीको कमीलाई अस्टियोपोरोसिस भनिन्छ । यसका हड्डी पातलो हुने खतरा बढ्छ भने यो सहजै भाँच्चिन थाल्छ ।

हड्डीलाई बलियो बनाउनु बाहेक भिटामिन डीले अन्य महत्वपूर्ण काम पनि गर्छन् जस्तैः

– मांसपेशीलाई पनि बलियो बनाउँछ

– प्रतिरोधी क्षमतालाई बलियो बनाएर संक्रमणसँग लड्न मद्दत गर्छ

– विभिन्न किसिमका क्यान्सरबाट जोगाउँछ

– डिप्रेशन र खराब मूडलाई निको पार्छ

– इनर्जी लेभललाई मेन्टेन गर्छ

भिटामिन डीका स्रोतः

– ओयली फिश

– अण्डाको पहेँलो भाग, रातो मासु र कलेजो

शरीरमा भिटामिन डीको कमीको लक्षणः

शिशुमा भिटामिन डीको कमीको लक्षणः

शिशुमा भिटामिन डीको अत्यधिक कमी हुँदा ऐंठन हुने र सास फर्ने समस्या हुनसक्छ

भिटामिन डीको कमीमा बच्चमा रिकेट्स हुन्छन् जसका कारण हड्डी निकै नरम हुन्छन् । यसैकारण बच्चाको खुट्टा टेढो हुने समस्या पनि हुनसक्छ । साथै बच्चाको दाँत पनि निकै सजिलै भाँच्चिने गर्छ । यसको असर दुधे दाँतमा पनि पर्छ ।

वयस्कमा भिटामिन डीको कमीको लक्षणः

भिटामिन डीको कमीका कारण केही मानिसलाई थकाई लाग्ने, दुख्नेलगायतका समस्या देखिन्छन् । भिटामिन डीको अत्यधिक कमी हुँदा मानिसलाई सिँढी चढ्न समस्या र मांसपेशी दुख्ने पनि हुन्छ । भिटामिन डीको कमीले हड्डीमा असाध्यै पीडा हुने, विशेषगरी ढाडको तल्लो हिस्सा, कुहिना, हिप इत्यादिमा ।

यी व्यक्तिमा सबैभन्दा बढी हुन्छ भिटामिन डीको कमीः

१. अफिस जाने व्यक्तिमा सबैभन्दा धेरै भिटामिन डीको कमी हुन्छ । अफिस जाने व्यक्तिहरुले घाममा बस्ने समय पाउँदैनन् । यसैकारण उनीहरुमा भिटामिन डीको असाध्यै धेरै कमी पाइन्छ ।

२. ५० वर्षभन्दा माथि हुँदा शरीरमा विभिन्न प्रकारको भिटामिनको कमी हुन थाल्छ जसमध्ये भिटामिन डी पनि एक हो । यो उमेरमा शरीरले सूर्यको किरणबाट मात्रै शरीरलाई आवश्यक भिटामिन डी बनाउन सक्दैन । यसैकारण यो उमेरका मानिसहरु अन्य विकल्पबाट भिटामिन डीको कमी पूरा गर्न आवश्यक छ ।

यसका साथै एक रिपोर्ट अनुसार जसको बडी मास इन्डेक्स ३० भन्दा बढी हुन्छ वा शरीरमा बोसोको मात्रा बढी हुन्छ, उनीहरुमा भिटामिन डीको कमी देखिन्छ ।

उमेर अनुसार कसलाई कति भिटामिन डीको आवश्यकता ?

०–१२ महिना – १० एमसीजी

१–१३ वर्ष – १५ एमसीजी

१४ – १८ – १५ एमसीजी (गर्भवती महिलालाई १५ एमसीजी)

१९–५० वर्ष – १५ एमसीजी (गर्भवती महिलालाई १५ एमसीजी)

५१ – ७० वर्ष – १५ एमसीजी

७० भन्दा बढी – २० एमसीजी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप