आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अक्षर पटेल चम्किँदा दिल्लीको विजयी सुरुवात

आइतबार, १३ चैत २०७८, २० : १८
आइतबार, १३ चैत २०७८

अक्षर पटेल चम्किँदा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा दिल्लीले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १७८ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर १७९ रन बनायो । 

दिल्लीका लागि ललित यादवले सर्वाधिक ४८ रनको योगदान गरे । ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । दिल्लीका लागि अक्षर पटेलले ३८ रनको योगदान गरे । १७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे । 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो । मुम्बईका लागि इशन किशनले ८१ रनको अर्धशतकीय पारी खेले । 

४८ खल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । मुम्बईका कप्तान रोहित शर्माले ४१ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । त्यस्तै खलेल अहमदले दुई विकेट लिए । 
जितसँगै दिल्लीले लिगमा २ अंक जोडेको छ । पराजित मुम्बईले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप