सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा महिन्द्रा गस्टो आर एस

शुक्रबार, ०८ मङ्सिर २०७४, १५ : २६
शुक्रबार, ०८ मङ्सिर २०७४

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टुह्विलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नेपाली बजारमा सम्पूर्ण रुपमा नयाँ गस्टो आर एस ल्याएको छ ।  

महिन्द्रागस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध रहेको छ । स्पोर्टी बडी ग्राफिक्सको साथ रातो र सेतो रंग,  साथ साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । 

यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिनजसले ८ बि.एच.पि को पावर र ९ एन.एम को पिक टर्ग दिन्छ । १२ इन्च टायरको सथामा १६५ एमएम को ग्राउन्ड क्लियरन्स जुनयस सेग्मेन्टमा धेरै हो । साथै यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ । यसका साथै डिसप्ले प्यानलमा सरल तथा छिटो पहुचका लागी आर्कषक फन्ट स्टोरेज पनि राखिएको छ ।

गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, अझ धेरै सहज, अझ धेरै सुविधा र आकर्षक रुपमा प्रस्तुतगरिएको हुदा यसको प्रबर्धन नै “एसपीयर टु मोर” भनिएको छ । यसको नेपाली बजारमा प्रबर्धनात्मक मूल्य रु.१६७५०० तोकिएको छ । 

विशेष गरि यस स्कुटर युवा वर्गलाई लक्षित गरि प्रस्तुत गरिएको र सहजै मनजित्ने विश्वास कम्पनीले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप