आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुढ्यौली लागेको भन्दै उपचारमा लापरबाही

४० प्रतिशत मानिस आँखामा समस्या भएको पत्तै पाउँदैनन्
सोमबार, १४ चैत २०७८, १४ : ३८
सोमबार, १४ चैत २०७८

नेपालमा आँखा स्वास्थ्यमा सरकारी तथा गैरसरकारी संस्थाहरूले काम गर्दै आए पनि ४० प्रतिशत मानिस आँखा रोगबारे अनभिज्ञ रहेको पाइएको छ । ठुलो जनसङ्ख्यामा उमेर बढ्दै गएपछि आँखा स्वास्थ्यमा स्वतः समस्या आउँछ भन्ने भ्रम रहेको नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रले बताए । उनले भने, ‘आँखामा समस्या देखियो भने बुढेसकाल लागेपछि आँखा कमजोर हुन्छ भन्ने भ्रम पालेर जाँच गर्न नपुग्ने धेरै छन् ।’

आँखामा ध्यान नपुर्‍याएको खण्ड सबै उमेर समूहलाई समस्या देखिनसक्ने उनले बताए । यस्तै नेपालमा ३६ लाख ज्येष्ठ नागरिकले चस्मा पाएका छैनन् भने १६ लाख युवा चस्मा लगाउनबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ ।

आँखाका उपचार केन्द्र सदरमुकाम केन्द्रित हुँदा ग्रामीण भेगका मानिसले केन्द्रमा पुगेर सेवा लिन सकेको छैनन् । सरकारले आँखा स्वास्थ्यमा ध्यान दिन नसक्दा धेरै मानिस आँखा उपचारबाट वञ्चित रहेको नेत्र ज्योति संघको भनाइ छ ।

संघका अनुसार नेपालमा ६ मिटरको दूरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मानिसहरू दृष्टिविहीन रहेका छन् भने तीन मिटरलाई दूरी मान्दा अनुमानित ९३ हजार ४ सय  मानिसहरू दृष्टिविहीन रहेका छन् ।

जसमध्ये ५० वर्ष भन्दा माथिका मानिसहरूको सङ्ख्या २.५ प्रतिशत रहेको छ । नेपालमा कुल ६६ प्रतिशत दृष्टिविहीनता उपचारको माध्यमबाट निवारण गर्न सकिन्छ भने १६ प्रतिशत दृष्टिविहीनता रोकथाम गर्न सकिने  खालको रहेको डा. मिश्रको भनाइ छ ।

शरीरमा ‘भिटामिन’ अपुग हुँदा पनि आँखा स्वास्थ्यमा समस्या देखिने उनले उनले बताए । यस्तै, नेपालमा भिटामिन ए कमीबाट अन्धोपन साथै बाल मृत्यु दरमा तीन चौथाइले कमी आएको संघको जिकिर छ ।

नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रूपमा उल्लेख गरेएपनि आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रूपमा सम्बन्धी निकायले ग्रहण गरेको चिकित्सकहरू बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रूपमा ग्रहण गरेको छ । यस्तै, राष्ट्रिय स्वास्थ्य नीति २०७६ को आधारभूत स्वास्थ्य सेवामा एकीकृत आगामी ५ वर्ष भित्र सरकारसँगको साझेदारी र समन्वयमा ५९९ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ ।

 यस्तै, संघले सबै जिल्लामा सदरमुकाममा रहेको आँखा उपचार केन्द्रहरूलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य लिएको  छ ।

देशका देशभर बृहत् आँखा स्वास्थ्य सेवा दिनका लागि मोतिविन्दूको अलावा दृष्टिदोष, बाल दृष्टिविहीनता, जलविन्दू र्कोर्नियल अल्सर डाइवेटिक रेटिनापेथी न्यूनदृष्टि पूर्नस्थापकीय सेवासम्बन्धी राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने संघले लक्ष्य राखेको छ ।  

सरकारले आँखा स्वास्थ्यका लागि अन्य स्वास्थ्यलाई झैँ प्राथमिकता दिन सकेको छैन । आँखा उपचारका लागि चिकित्सकहरूको असमान रूपमा खटाएको पाइएको छ । संघका कार्यकारी निर्देशक डा. मिश्रले कर्णाली प्रदेशमा आँखा सम्बन्धी ५ जना विशेषज्ञ छन् भने बाग्मती प्रदेशमा २०० जना विशेषज्ञ रहेका छन् । यस्तै आँखा रोग विशेषज्ञलाई असमान तरिकाले खटाउँदा पनि आँखा रोगी उपचारको पहुँचमा पुग्न सकेका छैन ।

नेपालमा २७ आँखा अस्पताल रहेका छन् । १४८ आँखा उपचार केन्द्रहरू तथा ४४ जिल्लामा शाखा रहेका छन् । २०२१ मा संघले मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रहरूको माध्यमबाट कुल २१ लाख २३ हजार ३८० जनाको आँखा जाँच गरिएको छ । यस्तै, दुई लाख ५ हजार १२२ जना आँखा रोगको विभिन्न शल्यक्रिया गरिएको छ ।

 नेपालमा अन्धोपन स्थिति १९१८ को ०.८४ प्रतिशतबाट घटेर सन् २०११ मा ०.३५ प्रतिशतमा झरेको उल्लेख गरिएको छ ।  यस्तै संघले २०६९ देखि संघले कान सम्बन्धी उपचार सेवा पनि सुरुवाद गरेको डा. मिश्रले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप