सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङमार्फत थप सेवा

सोमबार, १४ चैत २०७८, १५ : ००
सोमबार, १४ चैत २०७८

ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकहरुलाई क्यूआर सुविधा दिन पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस)सँग सम्झौता गरेको छ ।  उक्त सम्झौताअनुसार बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारत पे, पाइथम, गुगल प्लेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिनेछ ।

उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।  सेवा सञ्चालनमा आएपश्चात्, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप