मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वासु शशी स्मृति परिषदद्वारा चार स्रष्टा सम्मानित

सोमबार, १४ चैत २०७८, १५ : ०१
सोमबार, १४ चैत २०७८

वासु शशी स्मृति परिषद्ले चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि वासु शशीको ८६औँ जन्मजयन्तीको अवसर पारेर साहित्यकार शैलेन्द्र साकारलाई २०७८ को वासु शशी सम्मान तथा वरिष्ठ कविहरु राधेश्याम लेकालीलाई २०७७ को र मोमिला जोशीलाई २०७८ सालको वासु शशी साहित्य पुरस्कार प्रदान गरेको छ । सोही कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीलाई कुमार–सरस्वती साहित्य पुरस्कारद्वारा सम्मान गरिएको छ । उक्त सबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति केके कर्माचार्यले हस्तान्तरण गरेका थिए । 
सोही अवसरमा साहित्यिक पत्रिका ‘शारदा’को ‘वासु शशी स्मृति विशेषाङ्क’को  विमोचन पनि गरिएको थियो । 

कार्यक्रममा वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम वैद्य र कुमार–सरस्वती साहित्य पुरस्कारकी संस्थापक श्रीमती सरस्वती जोशीको पनि उपस्थिति रहेको थियो । 
विगत चार दशकदेखि निरन्तर सक्रिय साहित्यकार लेकालीका कविता, मुक्तक र सम्पादनसहित डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । 

यसैगरी साढे तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील निबन्धकार मोमिलाका कविता, निबन्ध सम्पादनसहित एक दर्जन साहित्यिक कृति प्रकाशित छन् । 
साहित्यकार मधिकर्मी साढे चार दशकदेखि सक्रिय छन् । उनका कथा,  लघुकथा, कविता र सम्पादन गरी एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाले वरिष्ठ कवि एवं नाटककार वासु शशी र प्रा.डा. कुमारबहादुर जोशीको परिचय राखेका थिए भने प्रतिष्ठानका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन कवि यादव भट्टराईले गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप