सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाट्टा निर्वाचनका लागि उम्मेदवारी घोषणा

सोमबार, १४ चैत २०७८, २० : ४४
सोमबार, १४ चैत २०७८

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी १७ गते हुने निर्वाचनका लागि विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ । बस्नेत नेतृत्वको प्यानलले सोमबार पत्रकार सम्मेलन गरी वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजु उम्मेदवारको प्रत्यासी रहेको जानकारी दिएको हो ।
     
त्यस्तै कार्यसमिति सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा सुरज, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन् ।   अध्यक्षका प्रत्यासी बस्नेतले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै आफ्नो प्यानलले जितेमा व्यवसाय प्रवद्र्धनका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले पर्यटक बस पार्कको समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य गरी काठमाडौंमा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्न पहल गर्ने बताए । 

उक्त समूहले तत्काल व्यवसाय प्रवद्र्धन गर्न नाट्टा सेल्स मिसन आयोजना गरी चीन, भारत, बङ्गलादश, श्रीलङ्कामा विशेष प्रवद्र्धन प्याकेजसहित प्रचारप्रसार गरिने जनाएको छ । नेपालमा दर्ता भएका झण्डै दुई हजार ८०० ट्राभल्स एन्ड टुर कम्पनी रहेको बताइन्छ । हाल नाट्टामा ४०० सदस्य रहेको संस्थाले जनाएको छ । यसअघि आइतबार नाट्टा अध्यक्षका लागि रमेश थापा नेतृत्वको समूहले पत्रकार सम्मेलन गरी प्यानलसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ । नाट्टाको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । दुवै समूहका प्रत्यासी उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप