आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको वर्तमान कुटनीतिले मुलुकलाई असफलतातिर लैजानेछ : डा लोहनी

सोमबार, १४ चैत २०७८, २२ : १९
सोमबार, १४ चैत २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा प्रकाशचन्द्र लोहनीले नेपालको वर्तमान कुटनीतिले मुलुकलाई असफलता तिर लैजाने बताएका छन् । सोमबार भएको  अन्तर्राष्ट्रिय प्रजातान्त्रिकमा युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक दलहरुले प्रयोग गर्दै आएको कुटनीतिले मुलुकलाई असफल बनाउने बताएका हुन् ।

उनले नेपालले आफ्नो राष्ट्रिय स्वाधीनतामा आँच आउने गरेर कुनै पनि सम्झौता नगर्ने बताए । अन्तर्राष्ट्रिय प्रजातान्त्रिक​ युवा संघले प्रत्येक वर्ष गर्दै आएको कार्यक्रम यस वर्ष नेपालको तर्फबाट भएको थियो । कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय प्रजातान्त्रिकमा युवा संघका उपाध्यक्ष हिकमत जंग कार्कीले गरेका थिए । उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको शुभकामना पनि सुनाएका थिए ।

कार्यक्रममा ३४ देशको सहभागिता रहेको थियो । नेपालबाट डा. लोहनी,डा. गीता भक्त जोशी,  सागर थापा, रिद्धि प्रताप जंग बहादुर राणालगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लोहनीले नेपालको राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा चर्चा गरेको उपाध्यक्ष कार्कीले जानकारी दिए । कार्यक्रममा जर्मनी, बेलायत, भारत, इटाली, अमेरिका तथा अष्ट्रेलिया लगायत २९ राष्ट्रको सहभागिता रहेको उपाध्यक्ष कार्कीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप