मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

औषधी उत्पादक संघको प्रस्टोक्ति : पारासिटामोल ५०० एमजी विस्थापित गर्न ६५० एमजी उत्पादन गर्ने होइन

मङ्गलबार, १५ चैत २०७८, ०९ : १४
मङ्गलबार, १५ चैत २०७८

नेपाल औषधी उत्पादक संघले पारासिटामोल ५ सय एमजी विस्थापन गर्न ६५० एमजी उत्पादन गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको बताएको छ । संघले विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा पछिल्लो समय भइरहेका टिकाटिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको पनि जनाएको  छ । 

संघले विश्वव्यापी मान्यताप्राप्त फर्माकोपिया तथा युएसएफडिएमा नै प्रकाशित भैसकेको र नेपालले पनि उक्त फर्माकोपियालाई मान्यता दिएकाले ६५० एमजीको प्यारासिटामोल  उत्पादन गर्न लागेको प्रस्ट पारेको छ । ‘हामी स्वदेशी औषधी उद्योगीहरू विभिन्न औषधीहरू उत्पादन गर्ने तर औषधीको आवश्यकता औषधी लेख्ने विज्ञहरूको आधारमा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त विधि, प्रणाली अनुरूप उत्पादन गर्ने गरेको सबैमा विदित नै छ’, संघले भनेको छ, ‘विभिन्न राष्ट्रहरूमा र रोगहरूमा पारासिटामोल ६५० एमजी पनि आवश्यक देखिएकोले आवश्यक बिरामीको उपचारको लागी सही मात्राको औषधीको अभाव हुन नदिनु नै हाम्रो मूल उद्देश्य रहेको छ ।’ संघले औषधीको प्रयोग र मात्राको आवश्यकता बिरामीको प्रकृति अनुरूप हुने भन्दै  प्राविधिक रूपमा उत्पादन गर्न समेत सक्षम रहेको र औषधी सल्लाहकार समितिको मिति चैत १० को निर्णय स्वागतयोग्य रहेका जनाएको छ । 

‘पारासिटामोल ५०० एमजीलाई विस्थापित गरी ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरू देखिएको हुनाले सबैमा ५०० एमजी को उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौ’, संघले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप