सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धरहरा पछिको सबैभन्दा अग्लो ‘भ्यु टावर’ उद्घाटन गर्दै ओली

मङ्गलबार, १५ चैत २०७८, १० : ५१
मङ्गलबार, १५ चैत २०७८

काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु-टावरको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्दैछन् । तिलोत्तमा नगरपालिका(२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज गर्ने भएका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप